×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बोरामा नयाँ नाम आउँदैमा मख्ख परे फसिएला नि ! १७ समाचारमा हेर्नुहोस् शिवम् सिमेन्टको ‘असली-औकात’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शिवम् सिमेन्टले नयाँ उत्पादनलाई नेपाली बजारमा ल्याएको छ । कम्पनीले शिवम् प्लस ओ.पि.सि. सिमेन्टलाई नेपाली बजारमा ल्याएको हो । “शिवम्” ओ.पि.सि. सिमेन्टमा भौतिक तथा रसायनिक गुणमा उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ । 
तर नयाँ बोरामा नयाँ नाम आएपनि सिमेन्टको गुणस्तर भने पूरानै खालको रहेको कम्पनीका कर्मचारीहरुले दावी गरेका छन् । यसअघि पनि सिमेन्ट पटक पटक गुणस्तरहीन पाइएको थियो । तर कम्पनीले राजनीतिक पहुँचका आधारमा विभिन्न ठुला मिडियामा प्रकाशित समाचार हटाउनेदेखि कम तौल भएको प्रमाणित भएर पनि कारवाही नगर्न ठुलै चलखेल गरेको रहस्य बाहिर आएको थियो ।
पटक पटक जनता झुक्याउने काम गरेको शिवम् सिमेन्टले यसपाली पनि जनतालाई झुक्याउन लागेको भन्दै शिवम् सिमेन्टकै कर्मचारीहरुले केहि मिडियाहरुलाई सबैलाई यस विषयमा सचेत बनाउन आग्रह गरेका छन् । कमपनीले आफ्नो कर्तुत लुकाउन अधिकांस ठूला मिडिया किनिसकेको आरोप लगाउँदै कम्पनीका उपल्लो तहदेखि तल्लो तहका कर्मचारीहरुले सिमेन्टको गुणस्तरबारे गुणस्तर विभाग पनि ‘सिरियस’ भएर खोजीनिधीमा लाग्नुपर्ने उनीहरुको जोड छ ।
स्मरण रहोस् अर्थ सरोकार डटकमले यस अघि पनि सिमेन्ट कम्पनीका थुप्रै कर्तुतहरु सार्वजनिक गरिसकेको छ ।      केहि समाचार तल हेर्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: