×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सनराइज बैंकबाट पस मेसिन लिएर २२ लाख रुपैयाँ ठगी, नुवाकोटका प्रदीप न्यौपाने प्रहरीको फन्दामा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एक्सपोर्ट ईम्पोर्टको ठूलो कारोबार छ भनी सनराइज बैंकबाट पस मेसिन (प्वाइन्ट अफ सेल मेसिन) लिएर नक्कली कार्डको सहायताले बैंकको २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटका प्रदीप न्यौपानेलाई पक्राउ गरेको छ । मेसिनबाट बैंकको २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ आफ्नो खातामा सारेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जनाएको छ । उनले गत असार २२ देखि भदौ ५ सम्म १ सय ६३ पटकको प्रयासमा १ करोड २ लाख रुपैयाँ झिक्न प्रयास गरेका थिए । तर न्यौपानेले उक्त कार्डबाट २२ लाख ७७ हजार रुपैयाँ आफ्नो कम्पनीको खातामा ट्रान्सफर गरेका थिए ।
डीएमके इम्पोर्ट एण्ड एक्सपोर्ट प्राली कम्पनी दर्ता गरी कम्पनीको नाममा सनराइज बैंकबाट पस मेसिन लिएका उनले असार २२ देखि भदौ ५ गतेसम्म सो रकम झिकेको पाइएको सीआईबीका प्रवक्ता सानुराम भट्टराईले जानकारी दिए । प्रहरीले उनलाई भदौ २२ गते नुवाकोटको विदुर नगरपालिका २ शेराबाट पक्राउ गरेको हो । सीआईबीले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार अनुसन्धान गर्न उच्च अदालतबाट ७ दिनको म्याद लिएको छ । सीआईबीका अनुसार न्यौपानेले ठूलो कारोबार हुने भनी बैंकबाट पस मेसिन लिएका थिए । त्यस मेसिनमा बेलुका ८ बजेपछि नक्कली कार्ड रिड गराउने गर्थे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: