×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइतबारको उपत्यका बन्द : स्कुल-कलेज ठप्प, तर गाडी सदाझैं चले, बाँकी प्रभाव यस्तो छ ! (अपडेटसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार उपत्यका बन्दको आह्वान गरेको छ । विभिन्न अभियोगमा पक्राउ परेका आफ्ना प्रवक्ता प्रकाण्डलगायत राजनीतिक व्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै त्यसका विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको घोषणा गरेको  हो । 

उपत्यका बन्दका कारण काठमाडौँका स्कुल कलेजहरु बन्द गरिएका छन् । अन्य समयमा जस्तो विहानै गाडी चलेका छैनन् । बन्दको अन्य खास प्रभाव छैन । नीजी तथा सार्वजनिक सवारी साधनहरु चलीरहेका छन् । बाटो विहानैदेखि केहि खुला त भएको छ तर उपत्यका बन्द नै भन्ने छनक देखिएको छैन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता खास सडकमा छैनन् । यद्यपी हिजो बन्दको पूर्वसन्ध्यामा पार्टीका कार्यकर्ताहरुले मसाल जुलुस निकालेका थिए ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: