×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होसियार ! यसकारण सकेसम्म र मिलेसम्म नचढ्नुहोस् यति एयरलाइन्सको विमान ! (तथ्य, कारण र विश्व रेटिङसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बेला-बेलामा दुर्घटनामा परिरहने वा नेपालको दुर्घटनाको इतिहास हेर्ने हो भने धेरै दुर्घटना हुने एयरलाइन्स मध्येको एक यति एयरलाइन्सको विमान पुन: दुर्घटनामा परेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शनिबार साँझ दुर्घटनाग्रस्त बनेको हो । नेपालगन्जबाट आएको विमान विमानस्थलमा अवतरणका क्रममा शनिबार साँझ दुर्घटनाग्रस्त बनेको विमानस्थल स्रोतले जनाएको छ । अवतरणको क्रममा दुर्घटनाग्रस्त बनेको उक्त विमान हिलोमा भासिएको छ । हिलोमा भासियेकै कारण उक्त विमानलाई निकाल्न नसक्दा आईतबार विहानसम्म पनि विमानस्थलको हवाई सेवा अवरुद्ध बनेको छ । अर्थ सरोकार डटकमलाई त्रिभूवन विमानस्थल डोमेस्टिक सिफ्ट इन्चार्ज अरुण आचार्यले सिएको जानकारी अनुसार विमान हटाउने गरी स्क्याभेटर लगाइएको भएपनि यसै हुन्छ भन्ने सकिने अवस्था छैन । यो ब्रिटिस जेटस्ट्रिम ४१ विमान २३ वर्ष पुरानो हो। यसको पहिलो उडान सन् १९९६ को जनवरी ४ मा भएको थियो। पहिले अमेरिकाको ट्रान्स स्टेट एयरलाइन्सले चलाएको यो विमान यति एयरले २००६ को जुलाईदेखि खरिद गरी चलाउन थालेको हो।
विमानको सोही दुर्घटनाका कारण सबै उडान रद्ध छ । आचार्यले दिएको जानकारी अनुसार विमानले रनवेमा अवरोध भएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान बन्द भएको हो । अवतरण गर्नुपर्ने सबै विमानसमेत फर्किएका छन् । विमानस्थल बन्द भएका कारण विमानस्थलमा अवतरण गर्नुपर्ने सबै जहाज डाइभर्ट भएका छन् । २१ जना यात्रु बोकेर उडेको उक्त विमानमा सवार सबै सकुशल रहेपनि केही यात्रु घाइते भएका थिए भने उक्त दुर्घटनाका कारण यात्रुहरु समस्यामा परेका छन् । यति एयरलाइन्स विश्वको असुरक्षित एयरलाइन्स मध्यमा पर्दछ ।

होसियार ! सकेसम्म र मिलेसम्म नचढ्नुहोस् यति एयरलाइन्सको विमान ! 
य इतिहास नै हेर्ने हो भने ‘यति एअरलाईन्स’ र तारा एअरलाइन्स’ खतरनाक एयरलाइन्सको सूचीमा निकै अगाडी छ । हवाइ सुरक्षा तथा एअरलाईन्स सम्बन्धी मापन गर्ने संस्था ‘एअरलाइन्स रेटिङ डटकम’ले समेत यति एअरलाईन्सलाई दुनियाँकै ‘खतरनाक’ एअरलाइन्सको सूचीमा राखेको छ । उक्त वेवसाइटले सुरक्षाका हिसावले यति निकै कमजोर रहेको रेटीङ गरेको छ । सुरक्षाका हिसावले ७ मा एक स्टारमात्र यति एयरलाइन्सले पाएको छ । एफएए (उड्डयन प्रशासन) ले उक्त एअरलाइन्सलाई एउटा मात्रै स्टार दिएको छ । यो भनेको सुरक्षाका दृष्टिले निकै कमजोर रेटीङ हो। विश्वको असुरक्षित र खतरनाक एअरलाइन्सको सूचीमा पनि यो एयरलाइन्स पाचौं नम्बरमा पर्छ । अमेरिका मुख्यालय रहेको ‘एयरलाइनरेटिङ्स डटकम’नामक वेबसाइटले विश्वभरका सबै हवाई कम्पनीको केहि समय अघि विमानहरुको वर्तमान अवस्था सार्वजनिक गर्दै आएको यति एयरलाइन्सलार्ई विश्वकै असुरक्षित चार हवाई कम्पनीको सूचीमा समावेश गरिसकेको थियो ।विश्व चर्चित वेवसाइट ट्राभलवेट्स डटकमले पनि यति एयरलाइन्सलाई विश्वको खतरनाक एयरलाइन्सको सूचीमा पाचौं नम्बरमा राखेको छ । यो वेव साइट अनुसार उत्तर कोरियाको एयर कोर्यो सबै भन्दा असुरक्षित एयरलाइन्सको एक नम्बरमा छ । यस्तै अष्ट्रेलियाको चर्चित वेव साइट ट्राभलर्स डटकम डट एयुले पनि यति एयरलाइन्सलाई असुरक्षित एयरलाइन्सका रुपमा दर्ज गरेको छ । 
यता अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ), उडयन प्रशासन लगायतका संस्थाले समेत यति एअरलाईन्स नचढ्न भनेका छन् । अन्तर्राष्ट्रिय रुपमा यति एअरलाइन्सले ‘सुरक्षा प्रमाण पत्र’ समेत पाएको छैन । 
विभिन्न अध्ययनका क्रममा युरोपियन युनियनले यति एअरलाइन्सलाइ प्रतिबन्ध नै लगाएको भेटिएको छ । 
यति एयरलाइन्सले पूराना जहाज र नेपाल एयरलाइन्ससँग कवाडीको मूल्यमा खरिद गरिएको जहाजलाई मर्मतसम्भार तथा रंगरोगन गरेर नयाँजस्तै बनाएर उडान भर्दै आएको आरोपसमेत विगतदेखि नै लाग्दै आएको थियो । यतिको जहाजहरुको इन्जिनको बीमा नहुने तथा जहाज र यात्रुको मात्रै बीमा हुने गरेको विषयमा यस अघि नै विभिन्न सञ्चार माध्यमले समाचार सम्प्रेषण गरिसकेका छन् । 
यस्तो छ यति र ताराको दुर्घटनाका कहालीलाग्दा इतिहास !
यति र तारा एयरलाइन्सको दुर्घटनाको इतिहास हेर्ने हो भने सन् २००४ मा लमजुङमा दुर्घटना हुँदा तीन जना, २००६ मा जुम्लामा भएको दुर्घटनामा ९ जना र २००६ मा लुक्लामा भएको दुर्घटनामा १९ जनाको ज्यान गइसकेको छ । त्यस्तै तारा एयरको विमान सन् २०१० मा ओखलढुंगामा भएको दुर्घटनामा २२ जना र हिजो फागुन १२ गते म्याग्दीमा भएको दुर्घटनामा २३ जनाले गरी हालसम्म जम्मा ७६ जनाको ज्यान गइसकेको छ ।तारा एयरको जहाज सन् २०१० मे २३ मा सुर्खेत विमानस्थलबाट मुगुको ताल्चाको लागि उडान भर्नै लाग्दा उडिसकेपछि आकाशमै जहाजको ढोका खुलेको थियो । 
यसले पनि विमान कतिको असुरक्षित छ भन्ने पुष्टी गर्छ । १८ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजको आकाशमा क्याबिनको ढोका एक्कासी खुलेपछि सुर्खेत विमानस्थलमा आपत्कालीन अवतरण गरेर सम्भावित दुर्घटना टरेको थियो । त्यस्तै २०६९ सालमा जहाजको नोज गियर लक भएकाले पोखरा विमानस्थलमा यती एअरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । गत सेप्टेम्बर २०१६ मा पनि यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको थियो । अहिले २०१८मा पनि ठुलो विमान दुर्घटना टरेको त छ, तर विश्वले असुरक्षित भनेको विमान नेपालमा खुलेआम उड्नु भने अर्को चुनौतीको विषय बनेको छ । कुनै समय तारा एअरको नामले चिनिएको यो एअरलाइन्स सन् २००९ देखि शुरु भएको हो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: