×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आँखुखोला जलविद्युतको आइपिओ असोज २३ देखि खुल्दै, कहिले सम्म पाइन्छ भर्न ?

आइपिओ नोटिस :
कम्पनी : आँखुखोला जलविद्युत कम्पनी
इभेन्ट : आइपिओ 
खुला हुने मिति : असोज २३ गते
भर्ने अन्तिम मिति: असोज २६ गते  
कित्ता : १३ लाख ७६ हजार २० कित्ता (२७ हजार ५२० कित्ता कम्पनीका कर्मचारी, ६८ हजार ८०१ कित्ता सेयर सामूहिक लगानी कोष र बाकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता सेयर सर्वसाधारणको लागि )
प्रति कित्ता मूल्य : १०० रुपैयाँ
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता

विवरण : 
आँखुखोला जलविद्युत कम्पनीको १३ लाख ७६ हजार २० कित्ता आइपिओ खुल्ला हुने भएको छ । खुल्ला भएको आइपिओमध्ये २७ हजार ५२० कित्ता कम्पनीका कर्मचारी र ६८ हजार ८०१ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्यएर बाकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको छ । यो आइपिओ लगानीकर्ताले छिटोमा भर्ने आज अन्तिम म्याद रहेको छ ।
सामूहिक लगानी कोषलाई छुट्याइएको ६८ हजार ८०१ कित्ता भने बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ । आँखुखोलाले यसअघि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई निष्कासन गर्दा बिक्री नभएको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गर्दा ६ लाख २३ हजार ९८० कित्ता सेयरमा मात्र आवेदन परेको थियो ।
आवेदन दिन सकिने शाखाहरु :
सिभिल क्यापिटल मार्केट, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: