२ लाख घुससहित नापीका सर्वेक्षक चौधरी पक्राउ

सिरहा  – नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी पक्राउमा परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय सिराहाबाट मंगलबार दिउँसो २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो  ।

नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरिदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको हो ।
प्रकाशित : Tuesday, October 30, 2018

recent

Popular Posts