×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस रकम एक लाख ४० हजारसहित बौद्ध प्रहरी प्रमुख अख्तियारको फन्दामा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

घुस रकम एक लाख ४० हजारसहित बौद्ध प्रहरी प्रमुख अख्तियारको फन्दामा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई पक्राउ गरेको छ । अख्तियारले प्रहरी नायब उपरीक्षक राईलाई एक लाख ४० हजार घुस लिइरहेको क्रममा पक्राउ गरेको हो ।
आयोगको टोलीले उनलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिए । उनले भने, “एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ ।”
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: