×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेटवार्ता, के-के भयो कुराकानी ?

कतार – कतारको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवान (दरबार) मा भेटवार्ता भएको छ ।

यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भेटवार्तामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ । अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् ।

मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: