×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकद्वारा विश्व मुटु दिवस को उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना !

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनय कुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो । 
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा मुटु सम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहकवर्ग, शेयरधनी, कर्मचारी लगाएत सर्वसाधारण गरी उक्त शिविरमा १५० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । 
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: