सिटी एक्सप्रेसद्वारा मृगौला पीडितलाई २ लाख १७ हजार सहयोग


काठमाडौं - इराकस्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोलेलगायत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा दुवै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति संकलन आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

संकलित रकम १ लाख ६६ हजार ५४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारिक एजेन्ट अलताइफबाट प्राप्त भएको र त्यसमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले ५० हजार थप गरी एक मुष्ट २ लाख १६ हजार ५४१ रुपैयाँ सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डेर सिताराम कट्टेल (धुर्मुस) ले दुवै मृगोला प्रत्यारोपणको सहयोगका लागि पीडित फुडोमा तामाङलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित : Sunday, October 07, 2018

recent

Popular Posts