×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकले ल्यायो चिप वेस्ड भिसा डेविट कार्ड, वार्षिकोत्सवको अवसरमा निःशुल्क वितरण गरिने

काठमाडौँ – नेपाल बैंक लिमिटेडले आगामी ८२औँ वार्षिकोत्सवका उपलक्ष्यमा आफ्ना ग्राहकलाई थप सुविधा उपलव्ध गराउने क्रममा चिप बेस्ड भिसा डेविट कार्ड सञ्चालनमा ल्याएको छ । यही असोज १५ गतेबाट सञ्चालनमा ल्याईएको यो कार्ड बैंकको ८२ औँ वार्षिकोत्सव आगामी कार्तिक ३० गतेसम्म ग्राहकलाई निःशुल्क जारी गरिने छ । 

यसअघि बैकले संचालनमा ल्याएको एससिटि कार्ड प्रतिस्थापन गरी ल्याईएको यो कार्डमा एटिएम आउटलेट र प्वाईन्ट अफ सेल्स (पिओएस) मेसिनबाट भुक्तानी लिन र दिन सकिने थप विशेषता रहेका छन् । 
बढी सुरक्षित र भुक्तानी लेनदेनमा सहजता रहेको यस सेवाबाट देशको दुरदराजदेखि सुगमका नेपाल बैक लिमिटेडका लाखौं ग्राहक लाभान्वित हुने विश्वास लिईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: