सुनको मुल्यमा गिरावट, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ५९ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५८ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ५ सय तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित : Tuesday, October 09, 2018
,

recent

Popular Posts