×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणपति माइक्रोफाइनान्स २ नयाँ शाखा कैलालीको सुखड र लम्कीमा

काठमाडौँ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शुक्रबार (आश्विन २६ गते) कैलाली जिल्लाको  घोडाघोडी नगरपालिका ०१, सुखड र लम्की–चुहा नगरपालिका ०१, लम्कीमा शाखा सञ्चालन गरेको छ । कम्पनीले यी २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 
साथै सुखड शाखा कार्यालयको उद्घाटन घोडाघोडी नगरपालिका मेयर ममता चौधरी र लम्की शाखा कार्यलयको उद्घाटन लम्की–चुहा नगरपालिका वडा न. ०१ का अध्यक्ष जनक बमले गरेको थियो । यो संगै वित्तीय संस्थाको शाखा संख्या २२ पुगेको छ । साथै यसै आर्थिक वर्ष भित्र थप शाखाहरु सञ्चालनमा ल्याउने गृहकार्य भैरहेको बारे जानकारी दिए । 
हाल सम्म यस वित्तीय संस्थाले १३ जिल्लामा जम्मा ११,३५९ घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६१ करोड ३० लाख रहेको छ । साथै वित्तीय संस्थाले हाल सम्म रु १५ करोड ३२ लाख बचत संकलन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: