×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्राहक ठगीएको स्टाइल देखेर बैंककै हाकिम अचम्ममा, ‘२० बर्षको बैंकिङ करियरमा पहिलोपटक यस्तो देखें’ (भिडियो)

ग्लोबल आइएमइ बैंक । ‘बचत गरौँ’ भन्ने थीम स्लोगनको खुब प्रचार गर्ने यो बैंकमा बचत गरेको रकम झिक्दा भने चनाखो हुनुपर्ने भएको छ । किनकि आज हामी तपाईंलाई जे देखाउंदैछौं, तपाईं अचम्ममा पर्नुहुनेछ । ग्लोबल आइएमइ बैंकबाट झिकिएको पैसामा ग्राहक कसरीसम्म ठगीन्छन् भन्ने एउटा त्यस्तो उदाहरण देखाउंदैछौं हामी जसलाई हेरेपछि तपाईं ग्लोबल आइएमइ बैंकबाट पैसा झिक्दा सचेत नभई सुखै पाउनुहुन्न ।
यिनी काठमाडौँ बस्ने सुमन पौडेल हुन् । कृषि फार्म चलाएर बस्ने यिनले धेरै अघिदेखि ग्लोबल आइएमइ बैंकमा कारोबार गर्दै आएका थिए । यस्तैमा उनले व्यावसायिक प्रयोजनका लागि बैंकबाट १ लाख ६० हजार रुपैयाँ निकाले । बैंकको ट्रेलरबाट पैसा गनेरै लिएका थिए उनले । तर जव उनले पैसा चलाउने बेला आयो, उनी आफैं अलमल्लमा परे । एक पटक गन्यो, पैसा ठिक छ, अर्को पटक गन्यो, पैसा नै पुग्दैन । एकातिरबाट गन्यो १०० वटा नोट छ, अर्कोतिरबाट गन्यो ९० भन्दा नोट नै छैन । लामो समयको अलमलपछी बल्ल उनले कुरोको चुरो थाहा पाए, बैंकबाट निकालेको रकममा १० वटा नोटमा अरु थप पाँच नोटलाई आधा आधा बनाएर टाँसी बदमासी भएको रहेछ बिटोमा । यहि कारण एकातर्फबाट गन्दा ९० र अर्को अर्कोतिरबाट गन्दा १०० भएको रहेछ ।
सामान्यता कसैले कल्पना समेत नगरेको यस्तो काम उनी आफैंले भोगे । थाहा पाउनेबित्तिकै उनी रकम निकालिएको ग्लोबल आइएमइ बैंकको कान्तिपथ साखामा पुगे । तर त्यहाँका कर्मचारीले स्टिच किन निकाल्नुभएको, स्टिच निकालेपछी हामी जिम्मेवार हुँदैनौं भनेर उल्टै थर्काए । जवकी पीन निकालेर हेर्दा नै उनले आफु ठगीएको थाहा पाएका थिए । नोटको बिटोमा कसैको एकाउन्ट नम्बर पनि थियो । बैंकको सीसीटिभीमा यो रकमबारेको तथ्य हेर्न सकिन्थ्यो । तर केहि पनि नगरी उल्टै ट्रेलरका कर्मचारीले झर्कीफर्की गरेपछि उनीहरु कोटेश्वरस्थित अर्थ सरोकारको कार्यालयमा आएर आफ्नो गुनासो पोखे ।
त्यसपछी हामी उनेको गुनासो, उनी ठगिएको नोटको गड्डी, र अर्थ सरोकारको क्रीउ बोकेर हामी ग्लोबल आइएमइ बैंकको कान्तिपथ साखामा पुग्यौं । ग्लोबल आईएमई बैंकबाट ठगीएका सुमन पौडेलको गुनासो बोकेर बैंकको कान्तिपथ साखाकी साखा प्रबन्धक अनामिका सिंहलाई भेट्न गायों । केहि समय अगाडीमात्र ग्लोबल आइएमइ बैंकको कान्तिपथ साखामा आइपुगेकी उनले सबै कुरा बुझीसकेपछि सीसीटीभीको रेकर्ड झिकाईन् । सीसीटिभीको रेकर्ड र सफ्टवेरबाट निकालिएको विवरण रुजु भएपछी उनले ग्राहकलाई अन्याय परेको स्वीकारिन् र घटनाको सत्य तथ्य पत्ता लगाउन बैंकले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । 
अव यो प्रकरणमा के हुन्छ ? यस्तो बदमासी बैंककै कर्मचारीबाट भएको हो वा अरु कसैबाट ? के यस्तो अपराध गर्ने व्यक्ति बैंकले पत्ता लगाउन सक्छ ? वा पत्ता लगाउन खोज्छ ? त्यो भने हेर्न बाँकी नै छ । तर सुमन पौडेलले जे भोगे त्यो तपाईंहरुले भोग्नु पर्दैन भन्ने ग्यारेन्टी छैन । हरेक ग्राहकले ग्लोबल आइएमइ बैंकबाट मात्र होइन, प्रत्येक बैंकबाट पैसा झिक्दा सचेत हुन जरुरी छ । किनकि बदमासी गर्नेले सानो मेहेनत वा सानो अनुभवले यस्तो बदमासी गरेको छैन । यसरी बदमासी गरिएका नोटका गड्डीहरु अरु पनि बजारमा हुन सक्ने अनुमान स्वयम् बैंककै कर्मचारीहरुले गरिरहेका छन् । त्यसकारण प्रत्येक ग्राहक प्रत्येक कारोबारमा सचेत हुन जरुरी छ । अर्कोतर्फ कुनै पनि हालतमा यस्तो गलत गर्ने व्यक्तिलाई कानुनी कठघरामा उभ्याउन जरुरी छ । ग्लोबल आइएमइ बैंकले कुनै पनि बहानामा यस्तो गलत काम गर्नेलाई उन्मुक्ति नदिने पहल गरोस् ! हामी पनि निरन्तर यो प्रकरणमा फलोअपमा छौं । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: