हेर्नुहोस् शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ५८ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ५ सय तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित : Friday, October 05, 2018
,

recent

Popular Posts