घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ६० हजार ३ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ६० हजार २ सय मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ६ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ४ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित : Tuesday, October 30, 2018

recent

Popular Posts