×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमई लिमिटेड र भेनस अस्पतालबीच यो कस्तो सम्झौता ? ग्राहकलाई भन्दा आफ्नै कर्मचारीलाई प्राथमिकता !

काठमाडौं – आइएमई लिमिटेड र भेनस अस्पतालवीच आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूलाई १० प्रतिशत र आइएमईमा कार्यरत कर्मचारीहरूलाई १५ प्रतिशतसम्म छुट दिने गरि सम्झौता भएको छ । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र मध्यबानेश्वरमा अवस्थित भेनस अस्पतालवीच गत बिहीबार सम्झौता भएको हो ।
तर सम्झौतामा ग्राहकभन्दा बढी आफ्नै कर्मचारीलाई प्राथमिकता दिनुले ग्राहकलाई आएमइले आफ्नाकर्मचारी भन्दा तल्लो तहमा राखेको स्पष्ट हुन्छ । सामान्यतया ग्राहकहरुलाई थप सुविधा हुनेगरी सम्झौता गर्ने गरिन्छ ।  यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ भने अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले जम्मा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीहरू हकमा यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।
सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठ र भेनस अस्पतालको तर्फबाट अध्यक्ष श्रीराम ढकालले हस्ताक्षर गरेका हुन् । यो सम्झौता सम्झौता पत्रमा हस्ताक्षर भएको मितिले २ वर्षसम्मका लागि लागु हुनेछ । आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: