स्वाभिमान माइक्रोफाइनान्सको १ लाख ८० हजार कित्ता आइपीओ आउँदै, बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । हाल स्वाभिमानको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित : Thursday, October 11, 2018

recent

Popular Posts