×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

करियर टक : आइटि क्षेत्रमा भविष्य बनाउन चाहानेका लागि बिसीए, यस्ता छन् कोर्षका विशेषता (अन्तवार्ता)

  • रिदिप खनालसँगको अन्तर्वार्ता 
१. ब्याचलर अफ कम्युटर एप्लिकेसन (बिसीए) कस्तो कोर्ष हो ?
यो त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कोर्ष हो । यसमा ८ वटा सेमेस्टर हुन्छन् । टियुले फेकल्टी अफ ह्युम्यानिटीज एण्ड सोसल साइन्स अन्तर्गत यो कोर्ष राखेको छ । 
२. बिसीए त व्यवस्थापन शंकायाको पढाइ थियो होइन र ?
त्यो कोर्ष र यो कोर्षमा फरक छ । एक त आइटीमा रुची भएका तर मेनेजमेन्ट वा साइन्स नपढेकाहरु पनि यो कोर्ष पढून् र आइटीमा केहि गरुन् भन्ने टियुको अपेक्षा हो । त्यसैले यसलाई फेकल्टी अफ ह्युम्यानिटीज एण्ड सोसल साइन्स अन्तर्गत राखिएको हो । अर्को तर्फ व्यवस्थापनतर्फको त्यो बीसीए भन्दा अहिलेको यो कोर्ष धेरै कुराले राम्रो छ । 
३. यो कोर्षमा त्यस्तो खास के छ ?
अधिकांस कुरा खास छन् । नयाँ नयाँ प्रविधिहरुका बारेमा प्राक्टिकल ज्ञान दिइन्छ यो कोर्षमा । यहाँ प्रोग्रामिङदेखि सफ्टवेर डेभलोपमेन्टसम्मका कुराहरु सिकाइन्छ । पढाइ एकदम प्राक्टिकल अप्रोचमा हुन्छ । विद्यार्थीले ४ बर्ष पढीसकेपछी आइटी क्षेत्रमा राम्रो काम गर्न सक्छन् ।
४. यो कोर्ष पढ्न कति पैसा लाग्छ ?
यो कोर्ष पढ्न सबै शुल्क गरेर मोटामोटी साँढे ५ लाख रुपैयाँ लाग्छ । तर साँढे ५ लाख रुपैयाँ तिरेपछि जे कुरा सिकिन्छ, त्यसको कुनै मूल्य छैन । बिसीए पढेकाको भविष्य उज्ज्वल छ जस्तो लाग्छ मलाई ।
५. यो कोर्षमा इन्ट्रनशिप वा प्रोजेक्ट हुन्छ कि हुँदैन ?
हुन्छ । इन्ट्रनशिप र प्रोजेक्ट दुवै हुन्छ । यसले विद्यार्थीलाई झन् निखार्ने काम गर्छ । प्रोजेक्टमा गरेका कुराहरु अहिलेको प्रविधिसंग जोडिएका हुन्छन् । सफ्टवेर डेभलोपमेन्टदेखि मोबाइल एपसम्म निर्माण गर्न सिकाइन्छ । सबै कुराले विद्यार्थीलाई दक्ष बनाउने काम हुन्छ । यसमा विद्यार्थी ढुक्क भए हुन्छ ।

६. कहाँ कहाँ पढाइ हुन्छ यो कोर्ष ?
टियुले केहि कलेजहरुलाई सम्बन्धन दिएको छ यो कोर्ष अध्यापनका लागि । मलाइ व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने पुतलीसडकको डाँफे कलेजमा पढ्दा हुन्छ । म आफैंले पनि त्यो कलेजलाई बुझेका हुनाले विद्यार्थीले त्यहाँ राम्रो अवसर पाउँछन् भन्ने कुरामा म ढुक्क छु ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: