×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता रेमिटमार्फत भारतबाट पनि रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पुर्याउदै आएको बैंकले अबदेखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।
एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेड बिच हालै भएको सम्झौता अनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । रेमिट्यान्स कारोवारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ । 
एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६ शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ । जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिने बताइएको छ ।
जनता बैंकले देश भरीमा १२६ शाखा सञ्जाल, ४० शाखारहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: