×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी बैंकद्वारा पशुपतिनाथ परिसरका लागि २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण

काठमाडौँ – लक्ष्मी बैंकले काठमाडौंको पशुपतिनाथ परिसरमा प्रयोगका लागि २ थान विद्युतीय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो । यो टेम्पो पशुपतिनाथ मन्दिर परिसरभित्र विषेशगरी बृद्ध र अशक्त भक्तजनहरुको निःशुल्क आवतजावतका लागि सञ्चालन हुनेछ । 

आइतबार पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले माननीय संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरेसँगै सेवाको शुभारम्भ भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: