×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दक्षिण कोरियाबाट पनि ‘मेगा रेमिट’को रेमिट्यान्स सेवा शुरु

काठमाडौं – मेगा बैङ्क नेपाल लिमिटेडले दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा शुभारम्भ गरेको छ । ‘मेगा रेमिट’को सेवालाई विश्वभर विस्तार गर्ने क्रममा मेगा बैङ्कले दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी रेमिट सेवा शुरु गरेको हो ।
दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसुकै शाखाबाट ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैङ्कले विभिन्न सुविधाका साथै अनलाइन मार्फत कुनै पनि ठाँउबाट खाता खोल्न सकिने बताएको छ । यस खातामा ७ प्रतिशत वार्षिक ब्याज पाइन्छ भने मोबाइल बैङ्किङ, अनलाइन बैङ्किङ, एबीबीएस, बैङ्क स्टेटमेण्टलगायतका सुविधाहरु निःशुल्क गरिएको कम्पनीको भनाई छ । बैङ्कको भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
विदेशमा रहेका नेपालीका परिवारका लागि बैङ्कले लघुविक्त कर्जा, उपभोक्ता कर्जा, व्यापार व्यवसाय गर्नका लागि साना तथा मझौला कर्जामा विषेश छुटका साथै बैङ्किङ सुविधाहरुको परामर्श प्रदान गर्ने बताईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: