मेरो माइक्रोफाइनान्सको ६.३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कार्तिक ९ गते एजिएम हुँदै



लाष्ट रिमाइन्डर : 
कम्पनी : मेरो माइक्रोफाइनान्स लिमिटेड
लाभांश : २६.३२% (१५% बोनस र ११.३२% नगद)
बुक क्लोज : असोज १७ देखि कात्तिक ९ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज १६ गते, मंगलबार)

विशेष साधारण सभा : कात्तिक ९ गते

विवरण :
मेरो माइक्रोफाइनान्सको २६.३२% लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ । कम्पनीले सभाको लागि असोज १७ देखि कात्तिक ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज १६ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छ ।

साधारण सभाका प्रस्ताव : 
१५% बोनस र ११.३२% नगद लाभांश दिने,
बोनसपछि कायम चुक्ता पुँजीको १००% हकप्रद निस्कासन गर्ने ।
नियमावली संशोधन गर्ने र यसको अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने

एजिएम हुने स्थान र समय :
होटल वाटर टावर विदुर–३, बट्टार नुवाकोटमा बिहान ११.३० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २८ करोड ६० लाख
बोनस र हकप्रद वितरणपछि चुक्ता पुँजी : ६५ करोड ७८ लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३३ रुपैयाँ २५ पैसा
प्रतिसेयर नेटवर्थ : १५५ रुपैयाँ ४५ पैसा ।
प्रकाशित : Tuesday, October 02, 2018

recent

Popular Posts