×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बङ्गलादेशको २ नयाँ शाखा नवलपरासीको बुलिङटार र सल्यानको रामपुरमा

काठमाडौं – बैंकिङ पहुँच नपुगेका गाउँपालिका तथा नगरपालिकामा शाखा स्थापना गर्ने उद्देश्यअनुरूप नेपाल बङ्गलादेश बैंकले देशका विभिन्न स्थानमा थप शाखा सञ्चालन गरेको छ । सोही क्रममा बैंकले आइतवारदेखि नवलपरासीको बुलिङटार र सल्यानको रामपुरमा शाखा सञ्चालन गरेको हो । बुलिङटार शाखाको बैंकका सञ्चालक दीपक कार्कीले तथा रामपुर शाखाको बैंकका सञ्चालक मुकुन्दनाथ ढुङ्गेलले उद्घाटन गरेका हुन् ।
बैङ्कले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको बताएको छ । यी थप शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधाका साथै रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवासमेत प्राप्त गर्न सकिने बैंकको भनाइ छ । हालै सञ्चालनमा आएका शाखासहित बैंकले देशभर ८० शाखा, सात एक्सटेन्शन काउण्टर, ६ शाखारहित बैंकिङ सेवा तथा ५७ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: