×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नर्भिकले रोटरी इन्टरनेशनल डिष्ट्रिक्स् ३२९२ का सदस्य तथा परिवारलाई विशेष स्वास्थ्य सेवा दिने

काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परिवारलाई विशेष प्राथमिक एवम् सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सिलसिलामा रोटरी इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटलबीच एक सहमति पत्रमा हस्ताक्षर भएको छ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का डिष्ट्रिक्स गर्भनर चिन्ता मणि भट्टराई र नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले असोज १५ गते एक विशेष समारोहका वीच उक्त सहमतिपत्रमा हस्ताक्षर गरे ।
सहमतिअनुसार नर्भिकले रोटरी इन्टरनेशनलका सम्पूर्ण रोटरीयनहरू तथा तिनका परिवारलाई एक बिशेष प्राथमिकता सहितको निदानात्मक, निरोधात्मक, रोकथाममूलक र उपचारात्मक चिकित्सा सेवा प्रदान गर्नेछ ।
इन्टरसिटी बैठक तथा सहमति पत्र हस्ताक्षर समारोहलाई रोटरी क्लब चन्द्रागिरी, रोटरी क्लब कुपण्डोल र रोटरी क्लब अफ स्वयम्भूले आयोजना गरेका थिए । उक्त बैठकमा रोटरी क्लबका पूर्व डिष्ट्रिक्स गभर्नरहरू, प्रेसिडेन्टहरू, विशिष्ट पदाधिकारीहरू र नर्भिकको मेडिकल अन्कोलोजी विभागका चिकित्सकहरू सहभागी थिए ।
रोटरी क्लब दरबारमार्गका चार्टर्ड प्रेसिडेन्ट तथा नर्भिक मेडिकल अन्कोलोजी विभागका प्रमुख प्रा.डा राजेन्द्र प्रसाद बरालले सो समारोहमा अर्वुद रोग (क्यान्सर) र तिनका जटिलताहरू, रोकथामका उपायहरू आदि बारे आफ्नो गहन मन्तव्य दिएका थिए ।
नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा. डा अचला वैद्यले नेपालमा महिलाहरूमा हुने स्तन क्यान्सर, पाठेघरको क्यान्सर र योनीको मुखको क्यान्सर र तिनलाई समयमै निदान गराउँदाका फाइदाहरू आदि बारे वृहत् प्रस्तुति दिएकी थिइन ।
रोटरीयन डा.निरज श्रेष्ठले रजोनिवृत महिलाहरूमा देखापर्ने अस्थीपञ्जरको समस्या लगायत ओस्टियोपोरोसिसको निदानात्मक, उपचारात्मक एवम रोकथामका उपायहरू बारे व्याख्या गरे ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: