×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३०० विद्यार्थी पढाउने क्षमता रहेको नेपाल ल क्याम्पसमा १२ हजार विद्यार्थी भर्ना, भर्ना अवधिमै १० करोड रुपैयाँ उठ्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मुश्किलले ३ सय विद्यार्थी मात्र पढाउने क्षमता भएको नेपाल ल क्याम्पसमा १२ हजार विद्यार्थी भर्ना भएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कानुन पढाइ हुने नेपाल ल क्याम्पसमा यस वर्ष एलएलबी पढ्न यति धेरै विद्यार्थी भर्ना भएका हुन् । कानुन संकाय डिन ताराप्रकाश सापकोटाले दिएको जानकारी अनुसार सोज १५ गतेसम्म बैंकमा भौचर बुझाएकाले २० गतेसम्म भर्ना गर्न पाउने भएकाले विद्यार्थी अझै भर्ना हुने क्रम जारी छ । 
विद्यार्थी भर्नाबाट यसपाली क्याम्पसलाई १० करोड रूपैयाँ उठेको छ । एलएलबी पढ्न एक जनाले वर्षको ९ हजार १५० रुपैयाँ तिर्नुपर्छ । सबै पैसा कलेजले सुरुमा नै लिन्छ । काक्याम्पसको क्षमताभन्दा बढी विद्यार्थी चाप भएपछि नियमित कक्षा हुन सकेको छैन। बिहान साढे ५ बजे नै क्याम्पस पुग्दा पनि बस्ने ठाउँ हुँदैन। विद्यार्थी भरिभराउ भइसक्छन् । गत वर्ष ४ हजार २ सय ३८ जना थिए ।
अहिलेसम्म भर्ना भएकामध्ये १० प्रतिशत विद्यार्थी मात्र पढ्न आए पनि क्याम्पसको भौतिक तथा शैक्षिक पूर्वाधारले धान्दैन। क्याम्पसमा जम्मा ५२ शिक्षक र ३० जना कर्मचारी छन्। डिन सापकोटाका अनुसार क्याम्पसमा एलएलबी पढाउन तीनदेखि पाँचवटा कक्षा छन्। सबैमा भरिभराउ विद्यार्थी राख्दा पनि बढीमा पाँच सय जना पढाउन सकिने उनको भनाइ छ । क्याम्पस प्रशासनको एउटै आश भर्ना भएका सबै विद्यार्थी नियमित पढ्न आउँदैनन् भन्ने छ। सबै विद्यार्थी पढ्न आए भने क्याम्पसले थेग्नै सक्दैन । परीक्षाको समयमा झन् झमेला हुने पक्का छ। परीक्षाको प्रवेश पत्र वितरण झमेलायुक्त हुने पक्का छ । 
त्रिभुवन विश्वविद्यालयअन्तर्गत आठ क्याम्पसमा कानुन पढाइ हुन्छ। यसबाहेक कानुन पढाइने अन्य क्याम्पस पनि छन्। तर, एलएलबी पढाइ हुने त्रिविमा मात्र हो। त्यसमाथि राजधानीको सबभन्दा पायक पर्ने भएकाले नेपाल ल क्याम्पसमा विद्यार्थी चाप बढी हुन्छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: