नेपाल सेवा लघुवित्तले दिने भयो ५% नगद लाभांश

काठमाडौं - नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले ५% नगद लाभांश दिने भएको छ । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट ५% नगद लाभांश दिने निर्णय गरेको हो। 

कम्पनीले नगद लाभांशको लागि ३० लाख रुपैयाँ छुट्याइएको छ र साथमा कर तिर्न पनि १ लाख ५७ हजार ८९५ रुपैयाँ छुट्याइएको छ । यो लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । 


प्रकाशित : Monday, October 08, 2018

recent

Popular Posts