×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल प्रहरीमा ७ हजार युवाको लागि रोजगारीको अवसर (विज्ञापन सहित)

काठमाडौं – नेपाल प्रहरीमा जागिर खान इच्छुक हुनुहुन्छ ? नेपाल प्रहरीले विभिन्न पदमा एकै पटक ७ हजार जनाका लागि भर्ना आवेदन खुला गरेको छ । नेपाल प्रहरीले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, सहयोगीलगायत ठूलो संख्यामा समावेशी प्रावधानअनुसार भर्नाका लागि विज्ञापन खुलाएको छ ।
सोमबार खुलेको विज्ञापनमा प्रहरी निरीक्षकका लागि १०८, प्रहरी सहायक निरीक्षकमा ५२४, प्रहरी जवानमा ६२४४, प्रहरी कार्यालय सहयोगी (भान्छे)मा ३२०, प्रहरी कार्यालय सहयोगी(हजाम)मा १५, प्रहरी कार्यालय सहयोगी (सिलाई/बुनाई)मा १२, प्रहरी कार्यालय सहयोगी (कुचिकार)मा १४, प्रहरी कार्यालय सहयोगी (मोचि)मा ९ र प्रहरी कार्यालय सहयोगी (खेलाडी)मा ३० जनाको माग गरिएको छ ।
प्रहरी निरीक्षकको लागि स्नातक, प्रहरी सहायक निरीक्षकको लागि प्रमाणपत्र तह, प्रहरी जवानका लागि कक्षा ८ पास र अन्य सहायक पदका लागि सामान्य लेखपढ गर्न जान्ने शैक्षिक योग्यता तोकिएको छ ।
प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकका लागि यही असोज १८ देखि आगामी कार्तिक २९ गते सम्म महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत र ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलमा आवेदन दिन सकिने जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: