×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रम ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार, के-के बिषयमा छलफल हुँदै ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । दुबै अध्यक्ष विदेशमा भएका बेला नेकपा भित्र विवाद सिर्जना भएको थियो ।
दुई अध्यक्षबीचको भेटमा विदेश भ्रमण पार्टी एकता, नेता माधबकुमार नेपालको असन्तुष्टि, सरकारको कामकारवाहीको विषयमा छलफल हुने जनाइएको छ ।
नेकपाका दुबै अध्यक्ष केपी ओली र प्रचण्ड विदेशमा रहेको समयमा वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको काम कारवाहीका विषयमा असन्तुष्टि पोखेको र स्थायी कमिटीका नेतालाई चियापान गराएका थिए ।
नेता नेपाल विदेश रहेको समयमा सचिवालयले प्रदेश इन्चार्ज, सहइन्चार्ज चयन गरेको र आफू पक्षधर नेतालाई पाखा लगाइएको भन्दै असन्तुष्ट बनेका छन् । तर राष्ट्रसंघीय महासभाबाट बिहीबार स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओलीले मधाव नेपालसँग आफ्नो २९ वर्षदेखिको सम्बन्ध रहेको भन्दै उनले कवितात्मक रुपमा केही भनेको विषयमा फरक नपर्ने बताएका छन् । ओलीले एक दुई दिनभित्रमा पार्टीको तल्लातह सम्म एकता हुने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: