×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पोखरा फाइनान्सको दुई नयाँ शाखा नारायणगढ र कावासोतीमा, राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडलले गरे उद्घाटन

काठमाडौँ – पोखरा फाइनान्स लिमिटेडले चितवनको नारायणगढ एवं नवलपरासीको कावासोतीमा २ नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकहरुको सेवा विस्तार गर्ने हेतुले नयाँ शाखाको विस्तार गरेको हो । शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडलले गरेका हुन् ।
कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ एवं नवलपुर उद्योग वाणिज्य संघका महासचिव वैकुण्ठ अर्यालले संस्थाको आगामी काम तथा सफलताको शुभकामना मन्तव्य दिए । साथै वित्तीय संस्थाका प्रमुख कार्यकाारीबाट स्वागत मन्तव्य र अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद ज्ञापन गरे । 
विस्तारित दुवै नयाँ शाखाहरु मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा मोवाइल बैंकिङ, सिआस्वा लगायतका सेवा दिनुका अलावा निकट भविष्यमा बुटवल, पालुङटार, बांझापाटन र शारदानगरमा समेत थप शाखाहरु सञ्चालन गरिने जानकारी प्रमुख कार्यकारी रवि चन्द्र गुरुङले बताए । 
यस राष्ट्रिय स्तरको संस्थाको अधिकृत पुँजी रु. १५० करोड एवं चुक्ता पुँजी रु. ८१.६४ करोड रहेको छ । यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ४ अर्व ५७ करोड तथा कर्जा लगानी रु. ४ अर्व २६ करोड एवं जगेडा कोषमा रु. ३५ करोड ७५ लाख रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: