×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दशैं तिहारको बहार : प्रभु मनि ट्रान्सफरमार्फत पैसा पठाउनेलाई उपहारै उपहार !

काठमाडौँ – प्रभु मनि ट्रान्सफरले दशैँ तिहारको अवसर पारेर ग्राहक लक्ष्ँित विशेष योजना सार्वजनिक गरेको छ । प्रभु ग्रुपद्धारा संचालित प्रभु मनि ट्रान्सफरले महान् चाड दशैँ तिहार खुसियालीसँगै प्रभुको उपहार नामक दशैँ स्कीम ल्याएको छ । यो योजनामा विदेशबाट नेपालमा पैसा पठउने विभिन्न ग्राहकले सहभागिता जनाउन सक्नेछन् ।
यस योजनामा प्रथम पुरस्कार पाँच सय रुपैयाँ बराबरको टप अप हरेक दिन एक जनालाई रहेको छ । त्यस्तै, द्धितीय पुरस्कार प्रभु टिभी सेटटप बक्स एक महिनाको रिचार्जसहित हरेक हप्ता चार जनालाई दिइनेछ । तृतीय पुरस्कार टिसर्ट तथा क्याप र बम्परमा एक जोडीलाई हेलिकप्टरमा चढी हलेसी महादेवको दर्शन गर्ने अवसर प्रदान गरिने बताइएको छ ।
यो योजनामार्फत ग्राहकहरुले प्रत्यक्ष लाभ लिने विश्वास कम्पनीले लिएको छ । यो योजना असोज १५ गतेदेखि कात्तिक २६ गतेसम्म लागू हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: