×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तनावै तनावकाबीच माधव नेपाल र प्रचण्डबीच फोनवार्ता, के भयो कुराकानी ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनवार्ता भएको छ ।
पत्नी सीताको उपचारका लागि सिंगापुरमा रहेका प्रचण्ड र नेपालबीच आइतबार फोनवार्ता भएको हो । प्रधानमन्त्री समेत रहेका अर्का नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वाकयुद्ध चलिरहेका बेला प्रचण्ड र नेपालबीच भएको फोनवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
५ असोजको केन्द्रीय सचिवालय बैठक र त्यो बैठकले गरेका निर्णयबारे नेता नेपालको सरोकारबारे दुई नेताबीच फोनमा कुरा भएको स्रोतले जनाएको छ । आफ्नो अनुपस्थितिमा केन्द्रीय सचिवालय बैठक डाकिएको र सचिवालयले विधान विपरित निर्णय गरेकोमा आफ्नो असहमति रहेपनि पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्नेमा नेपालले जोड दिएका थिए ।
प्रचण्डले नेपालले उठाएको विषय जायज रहेको बताउँदै आफू पनि त्यसै दिन निर्णय गर्ने पक्षमा नरहेको तर, परिस्थितिवस निर्णय गर्नु परेको बताएका थिए ।
नेता नेपालले आफ्नो असन्तुष्टि सार्वजनिक रुपमै व्यक्त गरिसकेका छन् । केहीदिन अघि उनले स्थायी समिति सदस्यहरुसँग राय, सुझाव पनि लिएका थिए । 
उनको अभियानलाई नेकपाका सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सकारात्मक रुपमा लिएको बताएका छन् । तीन नेताबीच तत्काल पार्टीको बैठक बोलाएर यस विषयमा नेतृत्वसँग परामर्श गर्ने अनौपचारिक कुराकानी भएको थियो ।
प्रचण्डसँगको कुराकानीपछि नेपाल चीन भ्रमणमा गएका छन् । अमेरिका भ्रमणमा रहेका ओली र नेपाल एकै दिन स्वदेश फर्किने कार्यक्रम छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: