पूर्णिमा विकास बैंकले ११.३७% लाभांश दिँदै, बोनस सेयर र नगद लाभांश कति-कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - पूर्णिमा विकास बैंकले ११.३७% लाभांश दिने भएको छ । बैंकले शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४/७५ को खुद नाफाबाट हाल कायम चुक्ता पुँजीको ५% बोनस सेयर र ६.३७% नगद लाभांश दिने निर्णय गरेको हो । 

यो लाभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्नेछ । हाल बैंकको चुक्ता पुँजी ५२ करोड ५० लाख ३१ हजार रुपैयाँ छ ।
प्रकाशित : Sunday, October 07, 2018

recent

Popular Posts