×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समता माइक्रोफाइनान्सले गर्यो प्रगति, खुद नाफामा ४४.६५% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समता माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा २० लाख ८३ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ४४.६५% धेरै  हो । गत वर्ष संस्थाले खुद नाफा १४ लाख ४० हजार रुपैयाँ मात्र कमाएको थियो । 
संस्थाले खुद ब्याज आम्दानी १ करोड १७ लाख ३ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा २८ लाख ७४ हजार रुपैयाँ कमाएको छ । यता, संस्थाको निक्षेप संकलन ३० करोड ७२ लाख ५४ हजार रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी ८२ करोड ७४ लाख २३ हजार रुपैयाँ गरेको छ ।
यता, जगेडा कोषमा २ करोड ३८ लाख ९४ हजार रुपैयाँ रहेको छ । यो संस्थाको खराब कर्जा ०.४१% रहेको भने प्रतिसेयर आम्दानी  २१ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: