×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्याङ्जाका गाउँपालिका अध्यक्षले यसकारण कुटे प्रहरी, आफै खोले रहस्य

स्याङ्जा – स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गरेका छन् ।
हरिनासकै वडा नम्बर –६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा अध्यक्ष मानन्धरले प्रहरीमाथि हातपात गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।
आक्रमणबाट दार्सिङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरी घाइते भएका छन । क्याक्मी र दार्सिङका युवाहरुबीच भएको खेलका क्रममा विवाद उत्पन्न भएको थियो । त्यो विवादलाई रोक्न नसकेको भन्दै प्रहरीमाथि आक्रमण भएको हो ।
घटनाबारे छानबिन भैरहेको स्याङजाका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए । उनले दुई पक्षको बीचमा विवाद साम्य पार्न खोज्दा प्रहरीमाथि नै ठेलमठेल भएको बताए । प्रहरी प्रमुख सापकोटाले गाउँपालिका अध्यक्ष मानन्धरलाई प्रहरी चौकी बोलाइएको जानकारी दिए ।
घाइतेको मेडिकल रिपोर्ट तथा घटनाबारे सबै विवरण पेस गर्न प्रहरीलाई निर्देशन दिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । उनले गाउँपालिकाका प्रमुख स्थानीय सरकार प्रमुखसमेत भएका भन्दै कानुन हातमा लिने काम कोही कसैबाट हुन नहुने स्पष्ट पारे ।
गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि एक झापड हानेको स्वीकार गरेका छन । उनले प्रहरी नै आक्रमणकारीको संरक्षणमा लागेकाले घटना हुन पुगेको आरोप लगाए ।
उनले दार्सिङका युवाहरुले हातहतियारसहित आक्रमण गर्दा प्रहरी रमिते बनेको वताए । उनले आफ्ना माइला दाजु सोमनारायण मानन्धरमाथि आक्रमण हुनुका साथै कार्यक्रम स्टेज, कुर्चीहरु तथा साउण्ड सिस्टममा तोडफोड गरिएको जानकारी दिए ।
मानन्धर तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: