×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफा १६ लाख २२ हजार रुपैयाँ, प्रतिसेयर नेटवर्थ कति ? (विवरणसहित)

काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा १६ लाख २२ हजार रुपैयाँ कमाएको छ भने  खुद ब्याज आम्दानी २ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ ।
यस्तै गरि  सञ्चालन भने घाटामा गइरहेको छ । बैंकको सञ्चालन घाटा ७१ लाख ९८ हजार रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन १ अर्ब ५० करोड ७९ लाख ७६ हजार रुपैयाँ रहेकोमा १ अर्ब ४० करोड ५८ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल बैंकको जगेडा कोषमा भने २ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ । यस त्रैमास सम्ममा बैंकले ९७ लाख ४७ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिमका लागि १ करोड ६१ लाख २६ हजार रुपैयाँ छुट्याइएको छ । 
यता बैंकको खराब कर्जा १.४८% रहेको छ भने प्रतिसेयर आम्दानी ३२ पैसा कायम रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ५७ पैसा छ ।
 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: