×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरी अधिकृतबाट धाेका पाएका सर्वेन्द्रले दिए यस्ताे चेतावनी

काठमाडौँ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जो कोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
प्रहरी महानिरीक्षक खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भिर चोट’ पुर्याएको उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै उनले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक बहन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।
प्रहरी महानिरीक्षक खनालले सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्ने दृढता पनि व्यक्त गरे ।
प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न पनि नागरिक समाजका अगुवाहरुलाई अपिल गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: