×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिर्जना फाइनान्सको खुद नाफा ४६ लाख ९९ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिर्जना फाइनान्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार फाइनान्सले ४६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने खुद ब्याज आम्दानी १ करोड ५९ लाख ४३ हजार रुपैयाँ भएको छ । 

यता सञ्चालक नाफा ७३ लाख ८४ हजार रुपैयाँ भएको छ भने जगेडा कोषमा २० करोड ४३ लाख ८ हजार रुपैयाँ रहेको छ । फाइनान्सले ५ अर्ब ८० करोड १२ लाख २४ हजार निक्षेप संकलन गरेकोमा ३ अर्ब ९६ करोड ७५ लाख ५४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
फाइनान्सको खराब कर्जा २.४४% रहेको छ भने प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ९९ पैसा रहेको छ ।


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: