×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाखा विस्तारमा अघि बढ्दै सनराइज बैंक, देशका विभिन्न भागमा चार नयाँ शाखा सञ्चालनमा

काठमाडौं – सनराइज बैंकले देशका विभिन्न भागमा चार वटा नयाँ शाखा संचालनमा ल्याएको छ । आइतबार सिराहाको मिर्चैया र रामेछापको प्रीतिमा शाखा सञ्चालकनमा ल्याएको छ ।
आइतबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रमबीच मिर्चैया शाखाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव र जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अशोक कुमार शाहले संयुक्त रुपमा तथा प्रीति शाखाको उमाकुण्ड गाँउपालिकाका अध्यक्ष शेर बहादुर सुनवारले उद्घाटन गरेका थिए ।
त्यस्तैगरि, शुक्रबार काभ्रेको महाभारत गाँउपालिका र खोटाङको बराहपोखरी गाँउपालिकामा पनि बैंकले आफ्नो शाखा बिस्तार गरेको छ । महाभारत शाखाको उद्घाटन महाभारत गाँउपालिकाका अध्यक्ष कान्छा लाल जिन्दा तथा बराहपोखरी शाखाको उद्घाटन बराहपोखरी गाँउपालिकाका अध्यक्ष शालिग्राम बन्जारा र उपाध्यक्ष गोमा मगरले संयुक्त रुपमा गरेका थिए ।
यो समेत गरी बैंकको शाखा संख्या ९५ वटा पुगेको छ । साथसाथै बैंकको नेपाल अधिराज्य भर १०८ वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु सञ्चालनमा ल्याउने बैंकले जनाएको छ ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: