सुर्या लाइफ इन्स्योरेन्सको हकप्रद आउँदै, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौँ - सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले १०ः७ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ ।

आईतबारका दिन एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एन आई सी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित : Tuesday, October 09, 2018

recent

Popular Posts