स्वरोजगार लघुवित्तको एजिएम शनिबार हुँदै, २०% बोनस प्रस्ताव पेस गरिने

एजिएम नोटिस
कम्पनी : स्वरोजगार लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति :  असोज २० गते, शनिबार

विवरण : 
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको साधारण सभा शनिबार (असोज २० गते) हुने भएको छ । सभाका लागि कम्पनीले असोज ५ गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ । कम्पनीले हालै मात्र १००% हकप्रद बिक्री गरेको छ । तर कम्पनीले प्रदान गर्ने बोनस भने हकप्रद सेयरलाई नदिइने जनाएको छ ।

पेस गर्ने प्रस्तावहरु :
२०% बोनस र कर तिर्न १.०५३% नगद लाभांश दिने  ।
३ जना प्रवर्धक सञ्चालकको निवार्चन गर्ने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।

एजिएम हुने स्थान र समय :
सी डब्लु रेस्टुरेन्ट कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ 
हकप्रद र बोनसपछि चुक्ता पुँजी : २६ करोड ९४ लाख ९३ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५ करोड ८६ लाख ६८ हजार ५४० रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १० रुपैयाँ ९५ पैसा
प्रतिसेयर नेटवर्थ : १११ रुपैयाँ १८ पैसा।
प्रकाशित : Thursday, October 04, 2018

recent

Popular Posts