×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माथिल्लो तामाकोशीको आइपीओ दिउँसो ३ बजे बाँडफाँट हुँदै

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दालाई बिक्री गरेको आइपीओ बाँडफाँट हुने भएको हो । आइपिओ बाँडफाँट क्रिष्टल ब्यांकेट बबरमहल, काठमाडौंमा दिउँसो ३ बजे हुने जानकारी प्राप्त भएको छ।
माथिल्लो तामाकोशीले गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यो आइपीओमा २ लाख जना स्थानीय लगानीकर्ताले ३ करोड कित्ता सेयरका लागि आवेदन दिएका थिए । स्थानीय बासिन्दाले यो आइपीओ ३ वर्षसम्म बिक्री गर्न पाउनेछैनन् ।

माथिल्लो तामाकोशीले सर्वसाधारणको लागि छुट्याएको आइपिओ कार्तिक १५ गते (बिहिबार)देखि निष्कासन हुने भएको छ । यसको बाकी विवरण तल हेर्नुहोस् :
माथिल्लो तामाकोशीको कात्तिक १५ देखि आइपीओ आउँदै, कहाँ जाने भर्न ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: