×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरी हिल्सको दशैं-तिहार बहार, ‘चिकेन म:म खाँदा ‘रौँ’ उपहार’ (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ-चन्द्रागिरी हिल्स लिमिटेडबारे अर्थ सरोकारले लगातार समाचार प्रकाशन गरेपछि विभिन्न निकायको पहलमा चन्द्रागिरी हिल्स परिसरमा धेरै कुरा सुध्रिएको पक्कै छ । कम्पनी परिसरमा पाइने खाजाको भाउ केहि घटेको छ भने व्यवस्थापनपनि पहिलाको तुलनामा सुध्रीएको छ । तर चन्द्रागिरी हिल्स घुम्न जाँदा घुमघामपछी खाजा खाँदै हुनुहुन्छ भने तपाईं सचेत हुनुपर्ने बेला भएको छ । किन कि चन्द्रागिरी हिल्स लिमिटेडले बेच्ने गरेको म:म अखाद्य रहेको भेटिएको छ ।

शनिबार चन्द्रागिरी हिल्स लिमिटेडमा पुगेको अर्थ सरोकार सम्बाददाताले खाजाको रुपमा मम खाँदा मममा लामो कपाल भेटिएपछी कम्पनीले बेच्ने गरेको ममबारे यस्तो रहस्य बाहिर आएको हो । हामीले यसबारे जानकारी गराएपछी उनीहरुले मम त साटीदिएर आफ्नो सामान्य गल्ती भएको स्वीकार्दै पन्छिन खोजे । तर यसले आम जनमानसमा जाने सन्देश र कम्पनीले बेच्ने गरेको खाजाको गुणस्तरमा भने गम्भीर प्रश्न उठाएको छ । पछिल्लो समय अमेरिकी दुतावासले आफ्ना नागरिकलाई चन्द्रागिरी घुम्न नजान उर्दी जारी गरेको भएपनि अन्य देशका पर्यटक त्यहाँ पुगीरहेका हुन्छन् । कम्पनीको यस्तो हर्कतले समग्र नेपालकै कस्तो इज्जत रहला भन्ने अर्को प्रश्न उब्जाएको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडले यस विषयमा समयमै सोचोस् ।       

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: