×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दशैंलाई लक्षित गर्दै सिटी एक्सप्रेसको ‘निःशुल्क बस सेवा’ सुरु

काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले  ७ दिने  “निःशुल्क बस सेवा” सुरु गरेको छ । सिटी एक्सप्रेसले यो सेवा नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी सुरु गरेको हो । 
यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गते सम्म त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सुरु भई रिङ्गरोड परिक्रमा गर्ने छ । वैदेशिक रोेजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरी महान् चाड दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस् भन्ने भावना सहित सो सेवा सुरु गरिएको हो । 
उक्त उद्घाटन कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनिका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्टहरुले संयुक्त रुपमा रिबन काटि यो सेवा सुरु गरिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: