×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्माण व्यवसायी सरद कुमार गौचन हत्यामा संलग्न ३ जना पक्राउ, यस्तो छ पक्राउको नालीबेली (भिडियो रिपोर्ट)

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष सरदकुमार गौचनको हत्यामा संलग्न ३ जना पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी गौचनको हत्यामा संलग्न लोप्साङ तामाङ, रोशन बुढाथोकी र अम्बर बहादुर रानालाई पक्राउ गरी सार्वजनिक गरेको हो । झापाको काँडडभिट्टामा लुकीछिपी बस्दै आएका तीनै जना फरार अभियुक्तहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिनु भयो ।
पक्राउ परेका अभियुक्त लोप्साङ तामाङले यस अघि रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्त रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । त्यसैगरी राना गौचन हत्याका मुख्य सुटर हुन । प्रहरीले उनीहरुको साथबाट सामसुङ जे सेभेन मोवाईल एक थान, ओप्पो मोवाईल एक थान, सामसुङ डयूज मोबाईल एक थान जियोक्स मोवाईल एक थान बरामद पनि गरेको छ । गौचन हत्यामा संलग्न रहेको आरोपमा यस अघि नै गुण्डा नाईके समिरसिंह बस्नेतसहित अन्य पक्राउ परिसकेका छन । गौचनको घर नजिकै नयाँ बानेश्वरस्थित खरिबोटमा २०७४ साल आश्विन २३ गते गोली हानि हत्या गरिएको थियो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: