×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिए फेल भएका कमल ज्ञवालीले यसरी डुबाए तत्कालीन किष्ट बैंक, ‘अधिकांस सञ्चालकसँग ‘बैंकिङ-नलेज’ नै थिएन’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ -बैकिङ कसुरमा फरार तत्कालीन किष्ट बैकका सिइओ कमल ज्ञवाली पक्राउ परेका छन् । करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए । उनलाई भारतबाट पक्राउ गरिएको हो । भारतको मथुरामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी पक्राउ परेसँगै उनले कसरी तत्कालीन किष्ट बैंक डुबाएका थिए भन्ने कुराको सोधीखोजी गर्नेहरु धेरै छन् । आजको अंकमा हामी त्यहि नालीबेली लिएर आएका छौं । 
कमल ज्ञवाली सिए पढ्न भनेर भारत गएका थिए । तर उनले सिएको पढाइ पूरा गर्न सकेनन् । उनी पटक पटक फेल भएपछी नेपाल फिर्ता आए । उनी खासै पढ्न अब्बल पनि थिएनन् । लहै लहैमा सिए पढ्छु भनेर भारत गएका थिए । उनीसंग बैंकिङ ज्ञान पनि थिएन । बस् पैसा कमाउनुपर्छ भन्थे । ज्ञवालीसँग मात्रै होइन, किष्टको सञ्चालक समितिका कसैसँग बैंकिङबारे ज्ञान थिएन । त्यही भएर ज्ञवालीलाई मनपरी गर्न सञ्चालक समितिले नै छुट दिएको थियो । उनले जे गरेपनि हुन्थ्यो । वाणिज्य बैंक बनाउने बेलामा भने ज्ञवालीले ज्ञानबहादुर जीसी, डा. दण्डपाणि पौडेल, अच्युतराज जोशी, बीएन घर्ती, बालकुमार पाण्डे जस्ता व्यावसायिक र नैतिकवान व्यक्तिहरूको टिम पाएका थिए । तर बैंकले आफ्नो गति छोडीसकेको थियो । किष्टलाई लिकमा ल्याउन धेरै प्रत्यन पनि भयो । त्यसबेला ज्ञवालीसँग अन्य टिमले ठूलो झगडा पनि गरे । तर कसैको केहि सिप लागेन ।
किष्टले वाणिज्य बैंकमा एकीकृत कारोबार थालेको दिन ०६६ बैशाख २४ गते तत्कालीन बैंकर्स संघका अध्यक्ष सशिन जोशी र धितोपत्र बोर्डका अध्यक्ष शुरवीर पौडेलले एक कार्यक्रममा किष्ट फाइनान्सबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको भएपनि संस्थागत सुशासनमा समस्या भएको बताएका थिए । तर त्यहि कार्यक्रममा राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर वीरविक्रम रायमाझीले उनीहरुको कुरा काट्दै राष्ट्र बैंकलाई कसैले पनि सुशासनको कुरा सिकाउनु नपर्ने र किष्टको संस्थागत सुशासनमा कुनै समस्या नरहेको बताएका थिए । किष्टले एकीकृत कारोबार गरेको भोलिपल्ट साँझ सोल्टी होटलमा पार्टी गरेको थियो । डेपुटी गभर्नर रायमाझीले त्यस्तो जवाफ दिएकोले जोशी र पौडेल दुबैजना पार्टीमा गएनन् । त्यसो त, रायमाझीलाई राष्ट्र बैंकको गभर्नर बनाउन पैसा उठाएर नेताका घरमा जाने कामको नेतृत्व समेत उनै ज्ञवालीले गरेको चर्चा पनि चलेको थियो त्यतिबेला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: