×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६० बर्षकि महिलालाई बलात्कार गरेको आरोपमा लुम्बिनी बिकास बैंकका कर्मचारी पक्राउ !


  • अर्थ सरोकार संबाददाता
पोखरा- लुम्बिनी विकास बैंक पोखरा न्यूरोडका कर्मचारी अमृत पन्त बलात्कारको अभियोगमा पक्राउ परेका छन् । वडा प्रहरी कार्यलय वैदामले उनलाई पक्राउ गरेको हो । सोमबार राती करिब ११ः३० बजेतिर एक ६० वर्षीया महिलालाई बगालेटोलमा सडक छेउमा बलात्कार गरेको अवस्थामा रंगेहात उनलाई पक्राउ गरिएको प्रहरीको दावी छ । महिला माथि उक्लिएको अवस्थामा उनलाई भेटी प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतको दावी छ । बागलुङ मुल पानी घर भएका अमृत पन्त लुम्बिनी विकास बैक पोखरा न्यूरोडमा एसिस्टेन्ट पदमा कार्यरत कर्मचारी हुन् । श्रीमती छोरीसहित उनी हाल पोखरा–५ पस्र्याङमा बस्छन् ।
पन्तलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डिएसपी नविन कार्कीले पुष्टी गरे ‘उनलाई आपत्तिजनक अवस्थामा फेला पारेका छौं । थप अनुसन्धानको लागि मेडिकल टेस्ट गर्न पठाएका छौ ।’ उनले भने । पन्त मदिराले मातिएको अवस्थामा रहेको कार्कीको भनाई छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: