×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आईएमई बैंकको डेपुटी सीईओमा चार्टड एकाउन्टेन्ट महेश शर्मा ढकाल नियुक्त, यस्तो छ उनको करियर यात्रा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ग्लोबल आइएमइ बैंकले डेपुटी सीइओमा चार्टड एकाउन्टेन्ट महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैंकका तत्कालीन डेपुटी सीइओ सुमन शर्मा माछापुछ्रे बैंक गएपछी बैंकमा सेकेन्ड म्यानको पद खाली थियो । सोहि पदमा ढकाल ग्लोबल आइएमइ बैंकमा नियुक्त भएका हुन् । 
यसअघि टुरिज्जम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मेगा बैंकमा गाभिएपछि ‘थर्ड पोजिसन’ मा मेगामा चिफ बिजिनेस अफिसर भएका थिए । उनले नेपाल बैंकमा लामो समय काम गरेका छन्। पृथ्वी नारायण क्याम्पस पोखरामा अध्ययन गरेका उनले आइसीएआइबाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेका हुन् । उनी हाल नेपाली लेखा व्यवसायको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का पार्षद् समेत हुन् । 
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले आफुले मेगामा राजीनामा दिएर विदामा बसेको र केहि समयपछी ग्लोबलको जागिर सुरु गर्ने बताएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: