नोट नक्कली की सक्कली हो भन्ने छुट्याउने ४ सजिला तरिकाहरु (भिडियोसहित)


बाजारमा अहिले नक्कली नोटहरु छ्यापछ्याप्ती भेटिन थालेको छ । सोहि कारण आजको अंकमा हामीले नोट छुट्याउने सजिलो तरिकाको भिडियो लिएर आएका छौं । नक्कली नोट र सक्कली नोटछुट्याउन धेरै गाह्रो हुँदैन । पहिलो कुरा त सक्कली नोट खस्रो हुन्छ, नक्कली नोट  चिल्लो हुन्छ । सक्कली नोटमा अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा भएको सुरक्षा धागो हेरेर पनि नोट छुट्याउन सकिन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।

प्रकाशित मिति : Sunday, October 21, 2018

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal