×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति अपडेट : स्वास्थ्यमा सुधार, विहान उठेर आफैं ब्रेक्फाष्ट खाए, आफैं दाह्री काटे… (भिडियो रिपोर्ट)

काठमाडौँ-  प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा धेरै सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । प्रधानमन्त्री ओलीले उपचार गराईरहनु भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार विहान १० बजे जारी गरेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उल्लेख गरिएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै सुधार आएको अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनु भयो । मंगलबार विहान पनि गरिएको रगत परिक्षण र छातीको एक्स रेलगायतको रिर्पोटले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाइएको पनि अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आज बिहान ब्रेक फाष्ट लिनु भएको र आफैले दार्ही काटनु भएको उपचारमा संलग्न वरिष्ठ चिकित्सक अरुण सायमीले जानकारी दिनु भयो । यसैबीच, पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । मंगलबार विहानै अस्पताल पुग्नु भएका पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको उल्लेख गर्दै चिन्ता गरिरहन नपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना पनि गर्नु भयो ।
छातीमा समस्या आएपछि सोमबार विहान अस्पतालमा भर्ना हुनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा वरिष्ठ चिकित्सक सायमी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या शाह र छातिरोग विशेषज्ञ सन्तकुमार दासको टोली खटिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: